Kathmandu Press

नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए।
नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, माघ २३ : एमाले सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ। 

ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए। 'उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन। उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ', योङहाले भने, 'सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।'

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ। डा. गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा. प्रसन्ना कार्कीलगायत चिकित्सकको समूहले उनको उपचार गरिरहेका छन्।

एमाले केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौं ल्याइएको थियो।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्