Kathmandu Press

महानगरले गीत गाउन नदिएको भन्दै दृष्टिविहीनहरूले गरे प्रदर्शन

उनीहरुले मंगलबार काठमाडौं महानगरपालिकाको प्रहरी बल कार्यालय अगाडि उभिएर प्रदर्शन गरेका हुन्।
महानगरले गीत गाउन नदिएको भन्दै दृष्टिविहीनहरूले गरे प्रदर्शन

काठमाडौं, माघ २३ : फुटपाथमा गीत गाएर जिविकोपार्जन गर्न नपाएको भन्दै दृष्टिविहीनहरूले मंगलवार सडक प्रदर्शन गरेका छन्।

उनीहरुले मंगलबार काठमाडौं महानगरपालिकाको प्रहरी बल कार्यालय अगाडि उभिएर प्रदर्शन गरेका हुन्।

Hardik ivf

उनीहरुले सडक प्रदर्शनमा उत्रिएको भन्दै पाँचजना दृष्टीविहीनलाई महानगरले पक्राउ गरेको भन्दै आपत्ति समेत जनाए।

फुटपाथमा गीत गाउन नदिए महानगरले रोजगारी र जिविकोपार्जनका लागि छुट्टै व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन्।महानगरले दृष्टिविहीनहरूलाई सडकमा गीत गाउन रोक लगाएपछि दृष्टिविहीनहरु आन्दोलित बनेका छन्। 
 
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्