Kathmandu Press

रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले दूतावास अगाडि दिए धर्ना

रुसी सेनामा भर्ति भएका नेपालीहरुको अवस्था सार्वजनिक गर्न, बेपत्ता भएकाहरुको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले दूतावास अगाडि दिए धर्ना

काठमाडाैं, माघ २३ : रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौंस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन्।

रुसी सेनामा भर्ति भएका नेपालीहरुको अवस्था सार्वजनिक गर्न, बेपत्ता भएकाहरुको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।

Hardik ivf

धर्नामा सहभागीहरुले युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर, रुसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा मृत्यु भएका मृतकको शव नेपाल लेराइदे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

केहि दिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा रुसी सेनाबाट नेपाल फर्किएका युवाहरुले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको बताएका थिए। 

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्