Kathmandu Press

नेपाल बार र चीनका राजदूत सोङबीच भेटवार्ता

भेटका अवसरमा चीनका राजदूत राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरकोे जनाइएको छ।
नेपाल बार र चीनका राजदूत सोङबीच भेटवार्ता

काठमाडौं, माघ २३ : नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। 

भेटका अवसरमा चीनका राजदूत राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरकोे जनाइएको छ।

Hardik ivf

चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा समेत छलफल भएको थियो। 

भेटवार्तामा एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा सहभागी थिए। 
 
प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्