Kathmandu Press

अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित भएको हो।
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

काठमाडाैं, माघ २३ : अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित भएको हो।

Hardik ivf

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको उक्त विधेयकमा आएको सुझावहरुलाई समेत समेटेर परिमार्जन सहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

सरकारले मुलुकको विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई गुणस्तरीय, व्यवस्थित, र प्रभावकारी बनाउन चारबर्ष अघि उक्त विधेयक ल्याएको थियो। 

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्