Kathmandu Press

मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : नेता सिंह

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले विस २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका हुन्।
मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : नेता सिंह

काठमाडौं, माघ २३ : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन्।

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका हुन्। 'स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार गएको र छ थप सुधार हुँदै जानेछ,' उनले भने।

Hardik ivf

उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे।  

छत्रपाटी चिकित्सालको जमिन तत्कालिन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए। 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं १७ का अध्यक्ष नविन मानन्धरले चिकित्सालयको विकासमा महानगरले सहयोग गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरत रुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्