Kathmandu Press

बसाइँसराइको असरबारे प्राज्ञिक अध्ययन गर्न आग्रह

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालयको  सहकार्यमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा  वक्ताहरुले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गरे। 
बसाइँसराइको असरबारे प्राज्ञिक अध्ययन गर्न आग्रह

काठमाडौं, माघ २३ : बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने आर्थिक सामाजिक असर र हिमाल, पहाड तथा तराईमा समानुपातिक रुपमा आधारभूत सेवा सुविधाको प्रबन्धका लागि नीतिगत बहस हुनुपर्नेमा जोड दिइएको छ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालयको  सहकार्यमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा  वक्ताहरुले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गरे। 

Hardik ivf

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक संकायका डिन प्रा.डा. कुशुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्यांकलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिइन्। 

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या हाल नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताए। उनले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी करिब ४४ लाख नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिए।

जनसङ्ख्या विभागका प्रमुख डा योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताए। प्रा.डा. दिनेश भुजुले भने पुर्खादेखि नै बसाइँसराइ गरिरहने भएकाले यसलाई चिन्ताको विषय मान्न नहुने तर्क राखे।

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्