Kathmandu Press

शान्तिवाटिकामा धर्नामा बसेकालाई महानगरीय प्रहरीले हटायाे

काठमाडौंको माइतीघरबाट हटाएपछि विभिन्न समूहहरु शान्तिवाटिकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोही स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए।
शान्तिवाटिकामा धर्नामा बसेकालाई महानगरीय प्रहरीले हटायाे

काठमाडौं, माघ २३ : काठमाडौं महानगरीय प्रहरीले काठमाडौंको शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई हटाएको छ।

मंगलबार शान्तिवाटिकामा धर्नामा बसेकाहरुको सबै सामान निकालेर उनीहरुलाई धर्नास्थलबाट हटाएको हो।काठमाडौंको माइतीघरबाट हटाएपछि विभिन्न समूहहरु शान्तिवाटिकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोही स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए।

Hardik ivf

शान्तिवाटिकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिवाटिका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ। धर्नाका बसेकाहरुले भने महानगरको कदमको विरोध जनाएका छन्। राज्यलाई आफुहरुको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना  जानकारी हटाइएको उनीहरुको भनाइ छ।

उनीहरुले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन्। धर्नामा बसेकाहरुलाई हटाएपछि महानगरले शान्तिवाटिकामा ताला लगाएको छ। 

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्