बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
७९ वर्षीय बुढाथोकीको गएराति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो।
काठमाडौं, माघ २३ : पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।
केन्द्रीय समितिको आकस्मिक बैठकले मंगलबारदेखि विहीबारसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
बैठकको निर्णय अनुसार केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान पनि स्थगित गरिएको छ।
आगामी २४ माघमा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय समेत कांग्रेसले गरेको छ।
बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ। ७९ वर्षीय बुढाथोकीको साेमबार राति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो।












