Kathmandu Press

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

गत माघ १६ गतेदेखि समुदायमा कांग्रेस अभियान सुरु भएको थियो । यस्का लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइसकिएको छ।
कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित
Hardik ivf

काठमाडौं, माघ २३ : नेपाली कांग्रेसले तय गरेको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ।
कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा अभियान स्थगित भएको हो।

गत माघ १६ गतेदेखि समुदायमा कांग्रेस अभियान सुरु भएको थियो । यस्का लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइसकिएको छ।

पूर्वमन्त्री समेत रहेका बुढाथोकीको निधनका कारण तत्कालका लागि अभियान स्थगित भएको जनाइएको छ। पूर्वमन्त्री समेत रहेका बुढाथोकीको साेमबार राति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो।

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्