Kathmandu Press

सरकारका कामकारबाहीप्रति कांग्रेस नेता रायमाझी असन्तुष्टि

सोमवारबाट शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाएका हुन्।
सरकारका कामकारबाहीप्रति कांग्रेस नेता रायमाझी असन्तुष्टि

काठमाडौं, माघ २३ : नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि पोखेका छन्।

सोमवारबाट शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाएका हुन्।

Hardik ivf

उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताए। उनले सरकारमा बसेका मन्त्रीहरुले उनले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताए। सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भएपनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए। 

‘मन्त्रीहरूको सहयोग पाएको छैन भनिरहनु भएको छ प्रधानमन्त्रीले’, उनले भने, ‘प्रधानमन्त्री उकालो चढ्न खोज्ने मन्त्रीले पछाडिबाट दौरा तान्न खोजे अब बन्ने सरकार पनि सफल हुँदैनन्।’

प्रकाशित मिति: ०८:४० बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्