Kathmandu Press

मुलुकको समृद्धि र विभेदरहित समाजका लागि एमाले लड्छ : उपाध्यक्ष पौडेल

पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध संगठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि उनले स्पष्ट गरे।
मुलुकको समृद्धि र विभेदरहित समाजका लागि एमाले लड्छ : उपाध्यक्ष पौडेल

लुम्बिनी, माघ २२ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताएका छन्।

नेकपा एमाले रुपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिए।

Hardik ivf

नेता पौडेलले नेकपा एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गरे। उनजले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरुका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए।

पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध संगठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि उनले स्पष्ट गरे। उनले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताए।

‘अराजकतालाई पार्टीले कहिल्यै पनि प्रश्रय दिँदैन र यस्ता क्रियाकलापलाई सदैव नियन्त्रण गर्छ। पार्टीमा होस् या जहाँ पनि अराजकताले कहिल्यै जित्दैन र अनुशासनले कहिल्यै हार्दैन,’ उपाध्यक्ष पौडेलले भने।

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्