Kathmandu Press

एकै दिन १५ सयले घट्यो सुनको मूल्य

काठमाडौं, चैत २ : केही दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ। साताको पहिलो दिन आज सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले घटेको छ।

गत सात....

एकै दिन १५ सयले घट्यो सुनको मूल्य

काठमाडौं, चैत २ : केही दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ। साताको पहिलो दिन आज सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले घटेको छ।

गत साताको अन्तिम दिन शुक्रवार ७८ हजार पाँच सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन प्रतितोला ७६ हजार ६ सयमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी शुक्रबारको तुलनामा ३० रुपैयाँले घटेर प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, चैत २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्