Kathmandu Press

‘राष्ट्रियसभा ‘लर्ड’ र ‘भारदार’हरुको सभा होइन’

पछिल्लो छ वर्षको अवधिमा राष्ट्रियसभाले महत्वपूर्ण कार्यसम्पादन गरेको उल्लेख गर्दै सांसद शर्माले राष्ट्रियसभाको औचित्य छैन भन्नु गलत भएको बताए।
‘राष्ट्रियसभा ‘लर्ड’ र ‘भारदार’हरुको सभा होइन’

काठमाडौं, माघ २२ : राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउन दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको १५औं अविधेशनअन्तर्गत आज भएको पहिलो बैठकमा उनले व्यवस्थामाथि प्रश्न उठाउनेका सम्बन्धमा राज्यले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए।

पछिल्लो छ वर्षको अवधिमा राष्ट्रियसभाले महत्वपूर्ण कार्यसम्पादन गरेको उल्लेख गर्दै सांसद शर्माले राष्ट्रियसभाको औचित्य छैन भन्नु गलत भएको बताए।

Hardik ivf

‘सानातिना कमजोरी देखाएर राष्ट्रियसभाको औचित्यमाथि प्रश्न उठाउने गरिएको छ। यो बेलायतको लर्डहरुको सभा होइन, राजाहरुले बनाउने भारदारहरुको सभा पनि होइन,’ उनले भने, ‘यो संविधानसभाबाट जारी संविधानले परिकल्पना गरेको स्थानीय र प्रदेशका प्रतिनिधिले निर्वाचित गर्ने अविच्छिन्न र स्थायी सभा हो।’

सांसद शर्माले राष्ट्रियसभाको औचित्य र सार्थकतालाई नयाँ ढंगले पूरा गर्नुपर्ने बताए।

यस्तै, सांसद देवेन्द्र दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका अभियान सरकारले थालेको भए पनि देशमा अनियमिता अझ बढेको आरोप लगाए। उनले वर्तमान सत्ता गठबन्धनले आम जनतामा आशा जगाउन नसकेको, ठूला भ्रष्टाचारका घटनामा संलग्न तथा सहकारीमार्फत जनतालाई ठगी गर्नेमाथि कारबाही गर्न नसकेको बताए।

सांसद रमेशजंग रायमाझीले प्रमुख प्रतिपक्षी दलले जनतालाई निराशा बाँडेको उल्लेख गर्दै आफू सत्तामा हुँदा ‘सबै राम्रो’ तथा प्रतिपक्षमा रहँदा ‘सबै खत्तम’ भन्ने सोच त्याग्न आग्रह गरे।

उनले वर्तमान सरकारलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिँदै बढ्दो युवा पलायन रोक्न, रोजगारी सृजना गर्न तथा स्वरोजगारको वातावरण बनाइनुपर्ने बताए।

सांसद जयन्तीदेवी राईले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारी जग्गा कब्जा गर्ने व्यक्ति तथा संस्थामाथि कडा कारबाही गर्न माग गरिन्।

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्