हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्न केन्द्रित हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए।
काठमाडौं, माघ २२ : सोमबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए।
संसद्को हिउँदो अधिवेशन राम्रो वातवरणमा सुरु भएको बताउँदै उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ।’
प्रकाशित मिति: १९:०० बजे, सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












