Kathmandu Press

आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लियाे

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लियाे

काठमाडाैं, माघ २२ : लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका जनकपुरका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Hardik ivf

आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए। गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए।

यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। आरतीका आमा, बुवा र बहिनी विगत लामो समयदेखि काठमाडौंमा धर्ना नै बसेका छन्।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्