Kathmandu Press

नेसपा बैठकको निर्णय : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

केन्द्रीय समितिको माघ २० मा भएको पाँचौ पूर्ण बैठले प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयन हुने निर्वाचन प्रणालीमा जानुपर्ने निष्कर्ष निकालेको हो।
नेसपा बैठकको निर्णय : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

काठमाडौं, माघ २२ : पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने माग राखेको छ।

केन्द्रीय समितिको माघ २० मा भएको पाँचौ पूर्ण बैठले प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयन हुने निर्वाचन प्रणालीमा जानुपर्ने निष्कर्ष निकालेको हो। नेसपाले समाजवादी शक्तिहरूको वृहत ध्रुवीकरण गरी नयाँ समाजवादी शक्ति निर्माण गर्न अपिल समेत गरेको छ। यस्तै टीआरसी विधेयकलाई सहमतिका आधारमा अघि बढाउन समेत माग गरिएको छ। 

Hardik ivf

‘राष्ट्रको समृद्घि, जनआकांक्षाहरूको परिपूर्ती र राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको हुँदा संविधान संसोधनका निम्ति यो बैठक माग गर्दछ,’ निर्णयमा भनिएको छ, ‘साथै प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वावान गर्दछ ।’

राज्यका सबै अंगमा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएको भन्दै नेसपाले राज्यका सबै अंग र तहहरूमा भ्रष्टाचारको छानबिन गर्न र भ्रष्टाचारीहरूमाथि कारबाही गर्न सम्बन्धित निकाय र सरकारसमक्ष माग पनि गरेको छ । यस्तै, मुलुकमा बढ्दो मूल्य वृद्धि रोक्न पनि उक्त पार्टीलेसरकार समक्ष माग गरेको छ । कोशी प्रदेश नामकरण पहिचानका आधारमा हुनुपर्र्ने  माग पनि गरिएकोे छ ।

द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न खोज्ने शक्तिहरू सक्रिय भएको निष्कर्ष समेत नेसपाले निकालेको छ । 
 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्