Kathmandu Press

युद्ध रोक्न माग गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन

युक्रेनमाथिको आक्रमण बन्द गर्न र युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर्न समाजले माग गरेको छ।
युद्ध रोक्न माग गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन

काठमाडौं, माघ २२ : युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको छ।

युक्रेनमाथिको आक्रमण बन्द गर्न र युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर्न समाजले माग गरेको छ।

Hardik ivf

समाजले नेपालीहरूलाई विभिन्न प्रलोभन दिएर रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न समेत रुसलाई आग्रह समेत गरेको छ।

समाजले यसअघि पनि युद्ध रोक्न माग राखेर राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको थियो। 
 
प्रकाशित मिति: १६:०५ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्