अबदेखि सांसदहरूको उपस्थिति दैनिक सार्वजनिक गरिने
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो।
काठमाडौं, माघ २२ : अबदेखि प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो। बैठकमा सभामुख घिमिरेले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए।
सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर हुने टिप्पणीको अन्त्य गर्न दैनिक रूपमा हाजिरी सार्वजनिक गर्नुपर्ने भन्दै घिमिरेले प्रस्ताव राखेका थिए। अब सांसदको विद्युतीय उपस्थिति जनाएर विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।
प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएपछि संसद् बैठकमा गणपूरक संख्या नपुगेर पटकपटक स्थगित गर्नुपरेको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १६:०१ बजे, सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












