नेपाल बार र सर्वोच्च अदालत बारले सर्वोच्चमा खटाए ‘एमिकस क्युरी’
नेपाल बार एसोसिएसनले कानुनविद् केदार कार्की र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्यूरीको रुपमा पठाएको हो। उनीहरुले सर्वोच्च अदालतमा वहश हुँदा व्यापार सम्झौताको संवैधानिक अवस्थाबारे आफ्नो राय दिनेछन्।
काठमाडौं, माघ २२ : नेपाल–भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झौताविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतलाई सहयोग गर्न नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार दुई जना ‘एमिकस क्युरी’ पठाएका छन्।
नेपाल बार एसोसिएसनले कानुनविद् केदार कार्की र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्यूरीको रुपमा पठाएको हो। उनीहरुले सर्वोच्च अदालतमा वहश हुँदा व्यापार सम्झौताको संवैधानिक अवस्थाबारे आफ्नो राय दिनेछन्।
नेपाल भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झौता नेपालको हित प्रतिकुल रहेको दाबीसहित अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।
उक्त रिटमा गत माघ १६ मा सुनुवाई हुँदा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ‘एमिकस क्यूरी’ पठाउन नेपाल बार र सर्वोच्च बारको नाममा आदेश जारी गरेको थियो। सर्वोच्चले उक्त प्रकरणमा दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि समेत झिकाएको छ।