प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित हाेइन : ओली
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका हुन्।---frame-at-1m45s-1707123950.jpg)
काठमाडाैं, माघ २२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका हुन्।
नेताहरुले प्रहरी मेरै अधिनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले बिकृति सिर्जना गर्ने उहाको भनाइ छ। ओलीले प्रहरी नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राखे।
उनले संघीयताको कार्यान्वयनमा ध्यान नदिदा अहिले प्रश्न उठिरहेको बताए। त्यस्तै उनले संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे।
अन्तर्राष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पिडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उहाले बताए।












