Kathmandu Press

चिकित्सक लाइसेन्स परिक्षामा गत वर्षभन्दा १० प्रतिशत बढी उत्तीर्ण

गत माघ १६ देखि १९ गतेसम्म नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षर्थी उत्तीर्ण भएका हुन् । यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए।
चिकित्सक लाइसेन्स परिक्षामा गत वर्षभन्दा १० प्रतिशत बढी उत्तीर्ण
Hardik ivf

काठमाडौं, माघ २२ : चिकित्सक लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत बर्ष भन्दा दश प्रतिशतले बढी उत्तिर्ण भएका छन्। 

गत माघ १६ देखि १९ गतेसम्म नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षर्थी उत्तीर्ण भएका हुन् । यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए।

परीक्षाफल अनुसार मेडिकलमा ९६२ (५५.९६ प्रतिशत) र डेन्टलतर्फ १७४ (६१.०५ प्रतिशत )परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ जना परीक्षार्थी सहभागी थिए। 
 
प्रकाशित मिति: १३:५९ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्