Kathmandu Press

बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता

समाजमा बालविवाह व्याप्त रहेको भन्दै नीतिगत रुपमै निर्मूल पार्ने प्रयासका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेको चौधरीले बताएकी छन्।
बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, माघ २२ : प्रतिनिधिसभामा सोमबार बालविवाह रोकथामका लागि संकल्प प्रस्ताव दर्ता भएको छ। प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त प्रश्ताव दर्ता गरेकी हुन्। 

समाजमा बालविवाह व्याप्त रहेको भन्दै नीतिगत रुपमै निर्मूल पार्ने प्रयासका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेको चौधरीले बताएकी छन्। उक्त प्रश्तावमा विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने उल्लेख छ।

Hardik ivf

संविधानको धारा ३९ को उपधारा ५ मा बालबालिकाको विवाह गर्न नहुने उल्लेख छ । यस्तै मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाह लाई अमान्य भने पनि बालविवाह नरोकिएकाले विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको संकल्प प्रस्तावमा उल्लेख छ ।

बालबिबाहका कारण नागरिकको स्वास्थ्यमा असर परेको, समाजमा असर परेको र समग्रमा मुलुक नै प्रभावित भएकाले यस्तो प्रश्ताव दर्ता गर्नुपरेको सांसद चौधरीले बताएकी छन् । 
 

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्