Kathmandu Press

रास्वपाको संसदीय दलको बैठक बस्दै

उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिए।
रास्वपाको संसदीय दलको बैठक बस्दै
Hardik ivf

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। 

उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिए। आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताए। 

'आजको बैठकमा  धेरै एजेण्डा छैन। सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौं,' सचेतक डाँगीले भन्नुभयो, 'बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने छ।'

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्