Kathmandu Press

जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइसकेको छैन : अध्यक्ष नेपाल

आइतबार काठमाडौंमा डा बेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन्।
जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइसकेको छैन : अध्यक्ष नेपाल

काठमाडाैं, माघ २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन्।

आइतबार काठमाडौंमा डा बेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन्।

Hardik ivf

नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जवजको सान्दर्भिकता र आवश्यकता रहेको उनले बताए। उनले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राखे।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका भुसालको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकास क्रम नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। 

प्रकाशित मिति: १२:४२ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्