Kathmandu Press

आभाष साकोसको स्वास्थ शिविर

आभास साकोसले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेसँगको सहकार्यमा आइतबार बनेपा–५ स्थित घोकेचौरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो।
आभाष साकोसको स्वास्थ शिविर

काभ्रे, माघ २१ : बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्व क्यान्सर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

आभास साकोसले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेसँगको सहकार्यमा आइतबार बनेपा–५ स्थित घोकेचौरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो।

C3edr9Gz-1707061722.jpeg

नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशले प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४० जनाले स्वास्थ्य परिक्षण गराएका थिए।

शिविरमा १७ जनालाई क्यान्सर सम्बन्धी इन्फेक्सनको औषधी प्रदान गरिएको थियो भने २ जना क्यान्सर पीडितको उपचार गरिएको आभाष साकोसका प्रमुख प्रबन्धक  सुवास वैद्यले जानकारी दिए। उनका अनुसार शिविरमा आङ खसेकी एक महिलाको उपचार गरिएको थियो।

प्रकाशित मिति: २१:३४ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्