Kathmandu Press

‘राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे’

नेता भट्टराईले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे।
‘राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे’
फाइल तस्बिर।

ताप्लेजुङ, माघ २१ : नेकपा एमालेका नेता योगेश भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन्।

उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताए।

Hardik ivf

प्रेस चौतरी नेपाल ताप्लेजुङले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको र यसले कुनै नतिजा नदिने उल्लेख गरे।

नेता भट्टराईले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे।

उनले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणी गरे।

सो अनवसरमा नेपाल पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष केशव भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान उपाध्यक्ष गंगा लिङ्खीमलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: २१:०७ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्