Kathmandu Press

इच्छाराज तामाङलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड जरिबाना र बिगो जफतको सजाय

अदालतले तामाङ पत्नी सिर्जनालाई पनि एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवानाको सजाय तोकेको छ।
इच्छाराज तामाङलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड जरिबाना र बिगो जफतको सजाय

काठमाडौं, माघ २१ : विशेष अदालतले आइतबार पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो तोकेको छ। तामाङ यसअघि सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भए पनि सजाय तोक्न बाँकी थियो। तामाङलाई बिगो बराबर रकम जरिवाना समेत तोकिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहित उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई सजाय तोकेको हो। अदालतले तामाङ पत्नी सिर्जनालाई पनि एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवानाको सजाय तोकेको छ।

Hardik ivf

यस्तै तामाङका मामा ससुरा केशवराज श्रेष्ठलाई एक बर्ष ६ महिना कैद, २५ करोड ६५ लाख रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ। तामाङका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने अभियोगबाट सफाइ पाइसकेका छन्। अदालतले तामाङ, उनकी पत्नी, दुई छोरीहरु, तामाङका मामाससुरा श्रेष्ठ, श्रेष्ठ पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न समेत फैसलामा भनेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङलगायतविरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो । १६ भदौ २०७९ मा मुद्दा दायर भएको थियो ।

 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्