Kathmandu Press

संसद् बैठकमा सशक्त भूमिका निर्वाह गर्न सांसदहरूलाई ओलीकाे निर्देशन

ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए।
संसद् बैठकमा सशक्त भूमिका निर्वाह गर्न सांसदहरूलाई ओलीकाे निर्देशन
Hardik ivf

काठमाडाैं, माघ २१ : नेकपा एमालेले संसद् बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। दुई दिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएको हो।

बैठकमा संसदीय दलका नेता केपी ओलीले प्राविधिक र बैचारिक स्पष्टताका साथ बैठकमा सहभागिता जनाउन निर्देशन दिए। उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस् भन्न आवश्यक नरहेको तर्क गरे। तर कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताए। ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए।

संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ। सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगाएतका कार्यसूची रहेका छन्।

प्रकाशित मिति: १७:४० बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्