संसदको हिउँदे अधिवेशन तयारीबारे सभामुखले लिए जानकारी
आइतबार संसद भवन नयाँ बानेश्वर पुगेर सभामुख घिमिरेले संसदको हिउदे अधिवेशनको तयारीका बारेमा कर्मचारीसंग जानकारी दिएका हुन्।
काठमाडाैं, माघ २१ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबारदेखि सञ्चालन हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका बारेमा जानकारी लिएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वर पुगेर सभामुख घिमिरेले संसदको हिउदे अधिवेशनको तयारीका बारेमा कर्मचारीसंग जानकारी दिएका हुन्। सो क्रममा उनले संसद भवन भित्रको प्राविधिक व्यवस्थापनको निरिक्षण गरेका थिए। निरीक्षणपछि सभामुख घिमिरेले हिउँदे अधिवेशनमा राज्यलाई आवश्यक परेका विधेयकमाथि छलफल गरेर पारित गर्ने र कार्यान्वयनमा जोड दिनेगरि अघि बढ्ने धारणा राखे।
उनले संसदीय गतिविधिलाई क्लेन्डरका आधारमा अघि बढाउन सुरूमा १५ दिनको क्यालेन्डर कार्यान्वयन गर्ने र त्यसको प्रभावकारीताका आधारमा अन्य दिनको पनि क्यालेन्डर बनाउदै अघि बढ्ने बताए। त्यस्तै यहि अधिवेशनमा प्रि–बजेट छलफल गर्न सरकारले आवश्यक परामर्श गरिरहेको उहाले बताए।
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सु? हुँदैछ । विधेयक अधिवेशनका?पमा रहने यस हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसदमा २४ विधेयक रहेका छन् भने १५ विधेयकमाथि संसदीय समितिमा दफावार छलफल भइरहेको छ।












