Kathmandu Press

जुम्लामा हिमपात, जनजीवन प्रभावित

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताउनुभयो। हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ। 
जुम्लामा हिमपात, जनजीवन प्रभावित

जुम्ला, माघ २१ : आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ।

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए। हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ।

Hardik ivf

निजी विद्यालयमा पठनपाठन बन्द भएको स्थानीय सरिता थापाले जानकारी दिनुभयो। अहिले लगातार हिउँ परेको छ। सरकारी कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ। जिल्लाको  तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ। यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन्। 

हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढाले बताउनुभयो। स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले  हिउँ पर्दा सहज भएको उहाँको भनाइ छ। हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्