Kathmandu Press

प्रेस चौतारीले छ पत्रकारलाई पुरस्कृत गर्ने

चौतारीको २६औँ स्थापना दिवसका अवसरमा उक्त प्रदान गरिने प्रेस चौतारीका महासचिव हीरामान लामाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 
प्रेस चौतारीले छ पत्रकारलाई पुरस्कृत गर्ने

काठमाडौं, माघ २१ : प्रेस चौतारी नेपालले यसवर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ। चौतारीको २६औँ स्थापना दिवसका अवसरमा उक्त प्रदान गरिने प्रेस चौतारीका महासचिव हीरामान लामाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसीलाई प्रदान गरिने भएको छ। चौतारीले वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फनिदेव महत, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेपलाञ्चोकी काजल तामाङ, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यासिमा महतलाई प्रदान गरिने प्रेस चौतारीले जनाएको छ। 

चौतारीको यही माघ २२ गते आफ्नो २६औँ स्थापना दिवस मनाउने र उक्त पुरस्कार प्रदान गरिने चौतारीका महासचिव हीरामान लामाले जानकारी दिए। चौतारीले पुरस्कार छनोट गर्नका लागि वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा सङ्गठनका महासचिव हीरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको समिति गठन गरिएको थियो।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्