Kathmandu Press

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

काठमाडौं, माघ २१ : पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ ।

सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Hardik ivf

आज दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ ।

विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुँदै जाने उहाँले बताए।

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्