ठमेलकाे नेपालय होम होस्टलमा चिनियाँ नागरिक मृत भेटिए
माघ १० देखि उक्त होस्टलमा बस्दै आएका ती चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ रहेकाे प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।
काठमाडौं, माघ २१ : काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एक जना चिनियाँ नागरिक मृत भेटिएका छन्।
माघ १० देखि उक्त होस्टलमा बस्दै आएका ती चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ रहेकाे प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।
बाओ आज (शनिबार) मृत अवस्थामा भेटिएपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको प्रहरीकाे भनाइ छ। पछिल्लो समय उनले केही औषधि सेवन गरिरहेको भेटिएको प्रहरीले जनाएकाे छ। उनको कोठमा केही औषधिका खोस्टा भेटिएको थियाे।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। पोस्टमार्टम रिपोर्टमा केही शंकास्पद देखिए अनुसन्धान गरिने बताइएकाे छ।
प्रकाशित मिति: १४:५९ बजे, आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












