Kathmandu Press

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिकामा फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन गर्ने उल्लेख छ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी

काठमाडौं, माघ २१ : राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको थियो। जसमा फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन गर्ने उल्लेख छ।

Hardik ivf

सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर फागुन २० गते बिदा हुँदैछन्। उनीसहित २० जना सांसदको पदावधप सकिँदैछ।  रिक्त १९ सदस्यका लागि माघ ११ गते निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला बन्ने नेताहरुले दाबी गरेका छन्। कोशीमा राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसबाट धोका भएको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि सो पदमा दाबी गरिरहेको बताइएको छ।

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण भने फागुन २१ गते हुने भएको छ

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्