Kathmandu Press

मेलम्चीबाट दबाब अभियानको सुरु गर्दै रविले भने- समस्या मात्रै देखाउने हाेइन, समाधानसहितको पत्र सरकारलाई बुझाउँछाैं

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा बिकासे योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ।
मेलम्चीबाट दबाब अभियानको सुरु गर्दै रविले भने- समस्या मात्रै देखाउने हाेइन, समाधानसहितको पत्र सरकारलाई बुझाउँछाैं

काठमाडाैं, माघ २१ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रव्यापी दबाब अभियानको सुरुआत गरेको छ। 

आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि लामिछानेले शुभारम्भ गरे। अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा बिकासे योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ।

Hardik ivf

उक्त योजनाको अनुगमन, ढिलासुस्तीको कारण पहिचान गर्न टोलि समेत बनाइएको छ। टोलीलाई सभापति लामिछानले व्यानर हस्तान्तरण गरेका थिए। सो क्रममा सभापति लामिछानले अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि दबाब अभियान सुरु गरिएको जानकारी दिए।

उनले आयोजनाहरु समयमा नै सम्पन्न नहुने समस्याको ज्ञापन पत्र नभई समाधानसहितको पत्र सरकारलाई बुझाएर जनतालाई जानकारी दिने बताए। उनले मुलुकको परिवर्तनका लागि निलो क्रान्तिमा पसिना बगाउनुपर्ने धारणा राखे। अभियानका क्रममा रास्वपाले पार्टीको एउटा पनि झण्डा प्रयोग नगर्ने उनले जानकारी दिए।

त्यस्तै रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले आन्तरिक वेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न रास्वपाले दवाव अभियान सुरु गरेको बताए। उहाले ८४ मा रास्वपाको सरकार आएपछि सबै बिकृति बढार्ने दावी गरे। वाग्लेले दवाव अभियानबाट आएका निष्कर्षहरुलाई संसद र संसदीय समितिमार्फत छलफलमा लैजाने जिकिर गरे। अवको संसद अधिवेशनमा सरकारले बिजनेस दिन नसके रास्वपाले आफ्नै विधेयक ल्याएर दर्ता गर्ने उनले बताए।

अभियानका अन्तर्गत आइतबार नै मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्रा सुरु गरिएको थियो। पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने रास्वपाले जनाएको छ। 

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्