Kathmandu Press

सचेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइयाे

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो।
सचेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइयाे

काठमाडाैं, माघ २१ : विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सरोकारवाला सवै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। 

Hardik ivf

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ। डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।

नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको चिकित्सकहरुले जनाएका छन्।  

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्