Kathmandu Press

उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षासँगै हल्का हिमपात हुने

‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ।’
उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षासँगै हल्का हिमपात हुने

काठमाडौं, २१ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशभर साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए।

Hardik ivf

‘बिहानदेखि सुदूरपश्चिमबाट पानी पर्न सुरु भई अहिले नेपालगञ्जसम्म पानी पर्न थालेको छ,’ उनले भने, ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ।’

अहिले काठमाडौंको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ  यसैगरी काठमाडौंको आजको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् झाले बताए।

उनका अनुसार देशका उच्च तथा हिमाली भू–भागमा हल्का वर्षा जारी रहे पनि भोलि सोमबारबाट देशका अन्य क्षेत्रको मौसममा भने सुधार हुनुका साथै तपक्रम पनि क्रमिकरूपमा बढ्दै जाने छ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, माघ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्