Kathmandu Press

दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्छ : अध्यक्ष नेपाल

पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शिक्षाको विकासबाट नै राष्ट्र निर्माणमा बल पुग्ने भएकाले दक्ष जनशक्ति उत्पादनका निम्ति प्राध्यापकहरुको भूमिका महत्वपूणै हुने बताए। 
दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्छ : अध्यक्ष नेपाल
Hardik ivf

काठमाडौं, माघ २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्ष जनशक्ति उत्पादनबाट राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने  बताएका छन्।

पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शिक्षाको विकासबाट नै राष्ट्र निर्माणमा बल पुग्ने भएकाले दक्ष जनशक्ति उत्पादनका निम्ति प्राध्यापकहरुको भूमिका महत्वपूणै हुने बताए। 

फरक प्रसङ्गमा नेता नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउँदै क्षमताका आधारमा जनताबाट अनुमोदित नेतृत्व अहिलेको आवश्यकता भएको बताए। राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक भएको उनको कथन थियो।

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्