Kathmandu Press

नारायणहिटी संग्रहालय अगाडि राजसंस्था समर्थककाे प्रदर्शन

मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्। नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए।
नारायणहिटी संग्रहालय अगाडि राजसंस्था समर्थककाे प्रदर्शन

काठमाडाैं, माघ २० : राजसंस्था समर्थकहरुले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्।

मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्। नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए।

Hardik ivf

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर राणाले दलका नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुवाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए।

उनले मुलुकलाई अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताए। त्यसअघि उनीहरुले काठमाडौका विभिन्न स्थानमा र्याली समेत निकालेका थिए। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्