Kathmandu Press

अर्घाखाँचीमा जीप दुर्घटना, २ जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
अर्घाखाँचीमा जीप दुर्घटना, २ जनाको मृत्यु
Hardik ivf

अर्घाखाँची, माघ २० : अर्घाखाँचीमा जीप दुर्घटना भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भूमिकास्थान २ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क ८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको छ।

जीप २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन्।

प्रकाशित मिति: १०:५२ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्