एकीकृत समाजवादी सधै जनताको पक्षमा : अध्यक्ष नेपाल
जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए। एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे।---frame-at-3m4s-1705139566.jpg)
दाङ, माघ २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवादको सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए। एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे।
अध्यक्ष नेपालले समाजबादी जागरण अभियानले समाजमा भावनात्मक सम्बन्ध कायम गर्ने बताए।
पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए। गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उनको भनाइ थियो।
प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












