‘धनिरामको गोरु’ पोखरामा
नाटकमा दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसालको अभियन छ।
कास्की, माघ २० : पद्याप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ। केदारनाथ पौडेलद्वारा लिखित तथा कपिल शर्माले निर्देशन गरेको नाटक माघ २७ गतेसम्म चल्ने मञ्चन हुनेछ।
नाटकमा दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसालको अभियन छ।
पोखरा थिएटर गैरापाटनमा बिहीबारदेखि सुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे गरी १२ वटा सो मञ्चनको तयारी गरिएको पद्याप्रेम थिएटरका अध्यक्ष सावित्रा पाठकले जानकारी दिइन्।
नाटकलाई विद्यालय र क्याम्पसका विद्यार्थी केन्द्रित गराउने योजनासमेत रहेको उनले बताइन्। नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई देखाउन खोजिएको लेखक पौडेलले बताए।
समाजमा रहेपछि त्यहाँ माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् तर पनि त्यहाँ आफ्नो हुन्छ भन्ने कुरा देखाउन खोजिएको बताउँदै उनले पछिल्लो समयमा बढ्दो प्रविधिलाई किसानले आत्मसात् गर्नुपर्ने र जानेर वा नजानेर प्रयोग गर्दा भोग्नुपर्ने विभिन्न भोगाइलाई नाटकमा देख्न सकिने बताए।
करिब एक घण्टा १५ मिनेट लामो यो नाटक केही वर्षअघि गण्डकी प्रज्ञा उत्सवका अवसरमा पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा इन्द्रेणी थिएटरको प्रस्तुतिमा मञ्चन गरिएको थियो।
नाटक हेर्न दर्शकहरूको आकर्षण बढिरहेको आँबोइ ९हजुरआमा०को भूमिकामा रहनुुभएकी कलाकार ज्योति हमालले बताउनुुभयो । नाटकमा पोखरेलीको महत्त्वपूर्ण साथ र सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाइ छ ।












