Kathmandu Press

मेलम्चीको पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब दिने

मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय रास्वपाले गरेको छ। सो अवसरमा रास्वपाका २१ जनै सांसद सहभागी हुने बताइएको छ।
मेलम्चीको पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब दिने

काठमाडौं, माघ २० : मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ।

Hardik ivf

मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय रास्वपाले गरेको छ। सो अवसरमा रास्वपाका २१ जनै सांसद सहभागी हुने बताइएको छ।

यस्तै, रास्वपाले माघ २१ गतेदेखि चैत २१ गतेसम्म सदन र संसदीय समितिको बैठक प्रभावित नहुने गरी  दुई महिने दबाबमुलक कार्यक्रम गर्दैछ।

प्रकाशित मिति: ०७:२९ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्