Kathmandu Press

राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको हो।
राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौं, माघ १९ : राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि दुई महिनाको सम्भावित कार्यतालिका स्वीकृत भएको छ।

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको हो।

Hardik ivf

बैठकले संसद्को अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्व जानकारी गराउनुपर्ने भनेको छ। त्यस्तो गर्दा कार्यतालिका बनाउन सहज हुने दाबी छ।

संसद्को आउने अधिबेशनमा सरकारले कति वटा, के कस्ता विधेयक दर्ता गराउने हो? सो विषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने बैठकको निर्णय छ।

राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने भन्ने विषय टुंगो लगाउन समेत समितिले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्