Kathmandu Press

‘आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा थप एकता आवश्यक’

पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उनले पछिल्लो समय आर्थिक, समाजिक तथा विकासका एजेण्डा हराउँदै गएको बताए।
‘आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा थप एकता आवश्यक’
फाइल तस्बिर।

नवलपरासी, माघ १९ : नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका साथै आर्थिक समृद्धि हाँसिल गर्न दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।

पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उनले पछिल्लो समय आर्थिक, समाजिक तथा विकासका एजेण्डा हराउँदै गएको बताए।

Hardik ivf

उनले उद्योग, कृषि, पर्यटन विकासमा सरकारले विशेष जोड दिनु आवश्यक भएको बताए।

विदेश जानेको सङ्ख्या बढ्दै गएको हुँदा यसलाई रोक्न स्वदेशमा नै रोजगारी सिर्जना गर्न उपाध्यक्ष पोखरले जोड दिए।

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्