Kathmandu Press

‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ।
‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं, माघ १९ : पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर भएका छन्। नेपाललाई विशेष अदालतले शुक्रवार भ्रष्टाचारमा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ।

Hardik ivf

नेपालसँगै घुस मुद्दामा प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ। बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो।

नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित समातिएका थिए। उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट हुन्।

अख्तियारको टोलीले नेपालको गाडीबाट घुस रकम बरामद गरेको थियो। अनुसन्धानकाक्रममा हवाई इजाजत पत्र नवीकरण गर्नका लागि घुस रकम लिएको खुलेपछि अख्तियारले मुद्दा चलाएको थियो।

 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्