Kathmandu Press

हिमपात, हिउँ र हिमाली साैन्दर्य [तस्बिरहरू]

जनजीवन कष्टकर बनाए पनि हिमपातले किसानमा सुखी पनि बाेकेर ल्याएकाे छ। माैसम सुध्रिएसँगै हिमपमत भएकाे क्षेत्र र हिमाली परिदृश्य अत्यन्त सुन्दर देखिएका छन्। 
हिमपात, हिउँ र हिमाली साैन्दर्य [तस्बिरहरू]
Hardik ivfHardik ivf

काठमाडाैं, माघ १९ : जाडाेयाम सकिन लाग्दा नेपालकाे पश्चिमी भेगतिर सामान्य र मध्यम खालकाे हिमपात भयाे। जनजीवन कष्टकर बनाए पनि हिमपातले किसानमा सुखी पनि बाेकेर ल्याएकाे छ। माैसम सुध्रिएसँगै हिमपात भएकाे क्षेत्र र हिमाली परिदृश्य अत्यन्त सुन्दर देखिएका छन्। 

DaneBohara_Simkot_RSS_19_IMG_20240202_103127_052(1)-1706871158.jpg

DaneBohara_Simkot_RSS_19_IMG_20240202_103127_052(2)-1706871157.jpg

हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि सदरमुकाम सिमकोटसहित आसपासमा मनमाेहक हिमाली दृश्य देखिएका छन्।

PremRaule_Bajura_RSS_19_IMG_3080(2)-1706871160.JPG

PremRaule_Bajura_RSS_19_IMG_3080(1)-1706871159.JPG

बुधबार हिउँ परेपछि शुक्रबार मौसममा सुधार आएसँगै हुम्लामा मात्र नभएर बाजुराको गौमुल गाउँपालिकाको मानाकोट गाउँका डाँडामा देखिएको हिउँ दृश्यले पनि सबैलाई माेहनी लगाइदिएकाे छ।

SG_MyagdiGhodepanimaHimpat(4)-1706871156.jpg

SG_MyagdiGhodepanimaHimpat.01-1706871156.JPG

SG_MyagdiGhodepanimaHimpat(2)-1706871155.jpg

Dhrubasagar_Galeswor_RSS_19_malikadhurimahiu-1706871153.jpg

DhrubasagarSharma_Galeswor_RSS-19_soledadamahimpat-1706871161.JPG

म्याग्दीको पर्यटकीयस्थल मालिकाको धुरीमा परेको हिउँ पनि निकै सुन्दर लाग्छ। म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा बिहीबार रातिदेखि हिमपात भएको हाे। म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँले गाउँ नै सेताम्मे देखियाे। म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।

SK_RukumPurba-1706847354960(1)-1706871153.jpg

रुकुम पूर्वमा बुधबार राति र बिहीबार दिनभरि हिमपात भएपछि सधैँ कालो पत्थरजस्तो देखिने सिस्ने गाउँपालिका–२ स्थित लालपाटन हिउँ सेताम्मे देखियाे। माैसम खुल्दा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल पनि सबैकाे मन लाेभ्याउने गरी उभिएकाे छ।

KDN_Dang_084618-1706871154.jpg

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र पनि कम्ती सुन्दर थिएन।

KuldeepNeupane_Dang_RSS_19_20240202_092642-1706871159.jpg

सल्यान दार्मा गाउँपालिका-५ स्थित जलेखर्कबाट देखिएको बादलको घुम्टो मुनि दार्माकोट गाउँ र आसपासको दृश्य साँच्चै मनमाेहक छ। हिमपातपछि खुलेकाे हिमाली दृश्य निश्चय नै लाेभलाग्दाे थियाे।

तस्बिरहरू ः रासस

 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्