Kathmandu Press

बागमती प्रदेश सरकारले बनायो ७८ कानुन

प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ।
बागमती प्रदेश सरकारले बनायो ७८ कानुन

मकवानपुर, माघ  १९ : बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ। प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन्।

प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ। पारित भएका ७८ विधेयकमध्ये ७७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएका छन् भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको सचिवालयले जनाएको छ।

Hardik ivf

प्रदेशसभामा मूल ऐन ४७ वटा रहेका छन् भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनकाअनुसार सो अवधिमा २० ऐन संशोधनसहित पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन्।

प्रदेशसभामा हालसम्म १३ अध्यादेश जारी भएका छन्। त्यस्तै १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएका प्रवक्ता गुप्ताले बताए। उहाँकाअनुसार सो अवधिमा चार वटा अध्यादेशका प्रतिस्थापन विधेयक फिर्ता भएका छन् भने तीन अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन्।

सो अवधिमा दुई वटा कार्यविधि, एक नियमावली र एक नियमावली संशोधन पारित भएका प्रवक्ता गुप्ताले जानकारी दिए।

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्