Kathmandu Press

रामग्राम स्तूप निर्माणसम्बन्धी परियोजना खारेज गर्न माग

विश्वभरका बौद्धहरुको भावनामा चोट नपुग्ने गरी नेपाल सरकारकै नेतृत्वमा स्तूपको विकास निर्माण तथा उत्खनन कार्य अघि बढाउन आग्रह गरिएको छ।
रामग्राम स्तूप निर्माणसम्बन्धी परियोजना खारेज गर्न माग
Hardik ivf

काठमाडौं, माघ १९ : धर्मोदय सभाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक रामग्राम स्तूपको निर्माण एवं उत्खनन् कार्य गर्न एक निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिने भनी तयार पारिएको परियोजना र विदेशी संस्थासँग गरिएको भनिएको समझदारीपत्र तत्काल खारेज गर्न माग गरेको छ। 

सभाले आज विज्ञप्ति प्रकाशन गरी उक्त समझदारीपत्र नेपाल सरकार, अर्थ मन्त्रालय र पुरातत्व विभागले विधिसम्मत छैन भनिसकेकाले उक्त परियोजना रद्द गरी विश्वभरका बौद्धहरुको भावनामा चोट नपुग्ने गरी नेपाल सरकारकै नेतृत्वमा स्तूपको विकास निर्माण तथा उत्खनन कार्य अघि बढाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्